०४ चैत २०७४, काठमाडौं / राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेद्वार शशीकला दाहाल विजयी भएकी छन् । संसद भवन नयाँ वानेश्वरमा भएको चुनावमा दाहालले ४५ मत ल्याएर विजयी भएकी हुन् ।

नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत पाइन् । राष्ट्रियसभामा एमालेका २९ र माओवादी केन्द्रका १३ गरी वाम गठबन्धनका ४२ जना सांसद रहेका छन् । कांग्रेसका १३, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका क्रमशः २ २ सांसद रहेका छन् । आजको राष्ट्रियसभा बैठकमा ५६ जना सांसदको उपस्थिति थियो ।


तपाईको प्रतिक्रिया