२०७४ चैत्र ०४ गते – काठमाडौं । सिन्धुपाल्चोक जिल्ला बाट कारागार भत्कदा भागेका कैदी मान लामालाई प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजायँ पाएका ६१ वर्षीय लामालाई सोमबार काठमाडौंको मूलपानीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले जानकारी दिएको छ ।सिन्धुपाल्चोक भोताङ घर रहेका लामा काठमाडौंको मूलपानीमा बस्दै आएका थिए । उनलाई सिन्धुपाल्चोक कारागारमा पठाइएको सीआईबीले जानकारी दिएको छ ।

२०७२ वैशाख १२ गतेको भूकम्पमा सिन्धुपाल्चोक कारागार भत्किदा दुई सय १२ जना कैदी तथा थुनुवा भागेका थिए । तीमध्ये कतिपय कारागारको सम्पर्कमा पुगिसकेका छन् भने कतिपय अझै फरार रहेका छन् ।


तपाईको प्रतिक्रिया