(केशव पौडेल) ०४, चैत्र २०७४ – काभ्रेपलाञ्चोक / अन्तराष्ट्रियस्तरको सेवालिएर काभ्रेको बनेपा सम्म यातायात विस्तारमाआएको मयुर यातायात सेवाप्रालीले संचालन गरेका बसहरु माथि काभ्रे जिल्लामा रहेका बस व्यवसायीहरुले अवरोध सृजना गरेका छन् ।

पुरानै तरिकावाट संचालन भएका काभ्रेका काभ्रे बस व्यवसायी संघ र काभ्रे मिनिवस सेवा समितिले फ्रिवाईफाई, जेष्ठ नागरिक र अंपाङ्गहरुलाई निशुल्क सेवासँगै बसभित्रको आन्तरिक सुरक्षाकालागि सिसी क्यामेरा भएका बसहरु माथि अवरोध सृजना गरेपछि शुक्रवार बनेपाको चारदोवाटो क्षेत्रमातनाव सृजना समेत भएको छ । काभ्रे बस र मिनिवसले यात्रुहरुलाई लिदै आएको भाडाभन्दा १५ रुपैया सस्तोमा यातायात सेवाविस्तारमा रुट परमिट लिएर आएको मयुर यातायात सेवा समिति माथि काभ्रेमा रहेका समितिले अवरोध सृजना गरेसँगै वाक्लो संख्यामा प्रहरी परिचालनभएको थियो ।  काठमाण्डौंको चक्रपथको परिक्रमागर्दै बनेपासम्म सेवाविस्तार गरेको मयुर यातायात सेवाप्रालीलाई काभ्रेमा रहेका समितिले बिहानैदेखि अवरोध सृजना गरेका थिए ।बर्षाैदेखि आफूहरुले संचालन गरेको ठाँउमा मयुर यातायात सेवा समितिले बिहिवारवाट एक्कासीबस सेवा सुरु गरेपछि उनीहरुले मयुरमाथि अवरोध गरेका हुन् ।

बिहिवारवाट मयुरले बनेपासम्म बस सेवा सुरु गरेसँगै काभ्रेमा रहेका अन्यव्यवसायी संघहरुले शुक्रवार बनेपाको चारदोवाटोमा अवरोध सृजना गरेका हुन् । संघका पदाधिकारीहरुनै बनेपाको चारदोवाटोमा बसेर मयुरका बसहरुलाई अवरोध सृजना गरेका थिए । मयुर यातायात सेवा समितिले दैनिक बनेपावाट १० ओटा बस सेवा सुरु गरेसँगै यातायात व्यवसायीहरु बनेपाको चारदोवाटोमा बसेर अवरोध सृजना गरेका हुन् । अवरोधका वावजुत समेत मयुरले बनेपावाट बस संचालनगर्न सफलभएको छ । मयुुरले बस संचालन गरेपछि हुन सक्ने संम्भावित घटनालाई मध्यनजर गर्दै वाक्लो संख्यामाप्रहरी परिचालन गरेर मयुरले १० ओटा बस संचालन गरेको थियो । मयुरले भने बनेपावाट फ्रिवाईफाई, बस भित्रअत्याधुनिक सिसी क्यामेरा, जेष्ठ नागरिक र अंपाङ्गलाई निशुल्क र विद्यार्थी परिचयपत्रको सुविधासँगै ३५ रुपैयामै बनेपावाट काठमाण्डौं लाने व्यवस्था सहितको अत्याधुनिक बस सेवा सुरु गरेको प्रालीका उपाध्यक्षचन्द्र लामाले बताए ।

उनले भने ‘हामीले बसभित्र कसैले खल्तीमाहातहालेको छ भने पनियात्रुलाई जानकारी दिनमिल्ने खालको बस संचालन गरेका छौ ।’ उनले थपे,‘ठूला आकारका आरामदायीबसभित्र बसेर नेट चलाउँदै गन्तव्य पुयाउनको लागिहामीले बनेपासम्म बस सेवा सुरु गरेका हौ’
स्थानीयहरुले भने मयुरको सेवावाट खुसीव्यक्त गरेका छन् । यस बिषयमाकाभ्रे बस र मिनिवसकापदाधिकारीले केहीप्रतिक्रियादिएका छैनन् । काभ्रेमा मयुर यातायात सेवा समितिले विद्यार्थी सहुलियत सहितको सेवादिएर आउनु स्वागत योग्य काम भएको अनेरास्ववियु काभ्रेका अध्यक्षउपेन्द्र शर्माले बताए । विगतमा विद्यार्थी परिचयपत्रकै बिषयमा काभ्रेमा संचालनभएका अरु यातायात सेवा समितिले विद्यार्थीलाई छूट नदिने गरेकोमा मयूरले त्यस्तो नगर्नेमा उनी आशावादी भएको बताए ।

काभ्रेको बनेपामा बस माथि अवरोध सृजनागर्दै यातायातव्यवसायीहरु ।


तपाईको प्रतिक्रिया