काठमाडौँ – गीतसंगीत/ट्रेलरका कारण चर्चामा रहेको चलचित्र ँशत्रु गते’को जापानमा पि्रमियर शो हुने भएको छ । बहुप्रतिक्षित मानिएको यो चलचित्रलाई ए-वान इन्टरटेन्मेन्टले जापानमा प्रदर्शन गर्न लागेको हो ।चलचित्र आगामी अपि्रल ८ तारिख आइतबार जापानको राजधानी टोकियोस्थित नाकानो जिरो हलमा प्रदर्शन हुने ए-वान इन्टरटेन्मेन्टका निर्देशक कृष्ण लामाले बताए ।

 

चलचित्रको पि्रमियर शोका लागि नायक पल शाह र निर्माता एवं कलाकार किरण केसी जापान आउने लामाले अनलाइनखबरलाई बताए । उनले भने, ‘नायक पल शाह र किरण केसी दाईको भिषा प्रक्रियाको काम भइरहेको छ ।’चलचित्र टोकियोसहित नागोया, फुकुओका, सिजोओका, गुन्मा, तोचिगी, ओकिनावा लगायतका स्थानमा समेत प्रदर्शन गरिने निर्देशक लामाले बताए ।कमेडी जनरामा सामाजिक कथा बोकेको चलचित्र ‘शत्रु गते’मा निर्देशक प्रदिप भट्टराईले चलचित्र बिवाहमा बाधक बन्ने पात्रहरुको वरिपरि घुमाएका छन् ।

चलचित्रमा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, राजाराम पौडेल, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, किरण केसी, पि्रयंका कार्कीको मुख्य अभिनय रहेको छ । हरिवंश आचार्यको कथा, दीपकराज गिरी र निर्देशक भट्टराईको पटकथा रहेको यो चलचित्रलाई दीर्घ गुरुङले खिचेका हुन् । चलचित्रमा राजनराज शिवाकोटीको संगीत र कविराज गहतराजको नृत्य रहेको छ ।

चलचित्र नेपालमा यही चैत्र ९ गतेदेखि प्रदर्शन हुँदैछ ।


तपाईको प्रतिक्रिया