काभ्रेपलाञ्चोक ।  हतियारसहित पक्राउ गरेका गुण्डा नाइके गणेश लामालाई रिहा गर्न माग गर्दै नेपाली कांग्रेसले राँके जुसुल निकालेको छ ।

मसाल जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र काँग्रेस कार्यकर्ताबीच झडप भएको हो ।बनेपा गोदामचोकस्थित नेपाली काँग्रेस पार्टी कार्यालयबाट जुलुस निकाल्न लाग्दा प्रहरीले हस्तक्षेप गरेपछि दोहोरो झपड भएको थियो । प्रहरीले मसाल खोसेपछि काँग्रेसका कार्यकर्ताहरु प्रहरीमाथि ढुंगा प्रहार गर्दै खनिएका हुन् । बेलुका ६ बजेतिर निकालिएको जुलुसमा कार्यकर्ताहरुले काँग्रेसका नेता गणेश लामालाई रिहाइ गर, प्रहरी दमन बन्द गरलगायतका नारा लगाएका थिए । झडपका क्रममा नेपाली काँग्रेसका करिब २० जना कार्यकर्ता घाइते भएको र उनीहरुको टाउको, हात, खुट्टा र ढाडमा चोट लागेको नेपाली काँग्रेस काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्यले बताए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले राँके जुलुस निकाल्न खोजेपछि खोस्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको र भीडलाई हटाउने क्रममा अश्रुग्यास प्रहार गरेको बताए ।


तपाईको प्रतिक्रिया