काठमाण्डौ । अमेजनको चर्चित होम स्पिकर इकोमा जडित आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम(एआई) ले यसका प्रयोगकर्तालाई हैरान बनाएको छ ।

एलेक्सा नामको यो एआई सिस्टम बिना युजर कमाण्ड नै प्रतिक्रिया दिन थालेको छ । धेरै प्रयोगकर्ताले यो होम स्पिकर अचानक आफै जोडजोडले हाँस्न थालेको बताएका छन् । बुधबार अमेजनले यस बारेमा प्रतिक्रिया दिँदै भनेको छ, ‘हामीले यस  विषयलाई गम्भीरतापूर्वक लिएका छौँ । रोबोट एलेक्साको यो डिभाइसलाई ठिक गरिँदैछ ।’

अमेजनले बनाएको यो स्पिकर प्रयोगकर्ताको निर्देशनमा काम गर्छ । यदि तपाईँले यसलाई हाँस्न आग्रह गर्नु भयो भने यो स्मार्ट स्पिकर हाँस्न थाल्छ । यसले प्रयोगकर्ताको इशारामा समाचार पढ्नेदेखि, ट्याक्सी बुक लगायतका इ–कमर्स साइट अमेजनबाट अनलाइन् किनमेल पनि गर्न सक्छ । तर अमेजनको स्पिकरमा यस्तो समस्या देखिएको भने पहिलो पटक भने होइन । यसभन्दा पहिले गएको फ्रेब्रुअरीमा पनि एलेक्साको स्पिकरबाट प्रयोगकर्ता दिक्क भएका थिए ।


तपाईको प्रतिक्रिया