(सुमन तोलंगे)  धुलिखेल / धुलिखेल उद्योग वाणिज्य संघ काभ्रेपलाञ्चोकको आयोजना ‘काभ्रे महोत्सव धुलिखेल २०७४’ मा विभिन्न आकर्षणका केन्द्रहरु छन् । तर धेरैजसो सांगीति र साँस्कृतिक माहोलमा झुम्ने मानविय स्वभावले महोत्सवमा साँस्कृति कार्यक्रम आकर्षण केन्द्र बनेको छ ।

चर्चित गायिका तथा मोडेल ज्योती मगरको प्रस्तुती हुनेभएपछि बुधबार काभ्रे महोत्सवमा दर्शकहरुको विहानैदेखि ओईरो लागेको थियो । कार्यक्रम संचालक सनम र रभिनले पटक–पटक नाम बोलाएपछि अपरान्ह करिव ५ बजे गायिका ज्योती मगर स्टेज चढेपछि महोत्सवमा तरंग छएको थियो । करिव डेढ घण्टा स्टेजमा बिताएकी ज्योतीले उ मुलाको सिन्की, जिम्बल बाउकी छोरी जस्ता आधा दर्जन गीत गाउँदै दर्शक झुमाईन् । छोटो पहिरनमा ज्योती स्टेज चढेपछि दर्शकहरुले लगातार हुटिङ गरेका थिए ।

हेर्नस ज्योतिको धम्माका भिडियो सहित : 

 


तपाईको प्रतिक्रिया