(सुरज श्रेष्ठ) काभ्रे, ३ चैत । धुलिखेल उघोग बाणिज्य संघद्दारा आयोजित काभ्रे महोत्सव धुलिखेल २०७४ को समय एक दिन थप गरिएको छ । फागुन २३ बाट सुरु भएको महोत्सव चैत ३ गते शनिबार सकिने भनिएको थियो तर, शनिबार दर्शकहरुको भिड बेलुकासम्म रहने भएकाले आइतबार मात्रै समापन गरिने आयोजक  धुलिखेल उघोग बाणिज्य संघको अध्यक्ष श्री मन्जु कुमार कोजुले जानकारी दिनुभयो छ ।

शनिबार दिन राजधानीबाट धुलिखेल घुम्न आउने पर्यटक समेत महोत्सव हेर्न जाने अनुमान आयोजक टिमको रहेको छ । सो अनुसार दर्शकलाई मनोरञ्जन दिन नाम चलेका राष्ट्रिय कलाकारहरु ल्याउने तयारी पनि आयोजक टिमले गरेको छ । यस अघिका शनिबारमा पनि सोचे भन्दा बढी दर्शक महोत्सव हेर्न पुगेका थिए । महोत्सव भोली दिउँसो ३ बजे समापन गरिने आयोजकले बताइए ।


तपाईको प्रतिक्रिया