काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिका वडा न ११ का पिता केशर बहादुर तामाङ र माता सुनमाया तामाङको तेस्रो सन्तान नारायण बहादुर तामाङ एक असल प्रशिक्षक र समाजसेबी बनीसकेका तामाङ अझ समाजको लागि प्रशिक्षार्थीको लागि केही गर्न पर्छ भने सोच राखेको नारायण बहादुर तामाङ संग सहकर्मी सुरज श्रेष्ठले गरिएको कुराकानी :

 

० नारायण बहादुर तामाङ – प्रशिक्षक ( सुपरनोभा तालिम केन्द्र ) धुलिखेल

० जीवन के हो ?
दु:ख र सुखको संगम हो । कहिले सुख हुन्छ त, कहिले दु:ख ।

० हिज आज के मा ब्यस्त हुनुहुन्छ ?
हालसालै धुलिखेल नगरपालिका भएको मेरो गाउँ पात्लेखेतलाइ पर्यटक गन्तव्य स्थल बनाउन र नेपाल सरकार द्धारा संचालित ३ महिने नि:शुल्क तालिममा प्रशिक्षकमा ब्यस्त छु ।

० फुर्सदको समयमा के गर्न रुचाउनु हुन्छ ?
साथीभाइहरु संग भलाकुसारी गर्न, नया नया कुराको खोजी गर्न र पुस्तक पढ्न मन पर्छ ।

० नेपाल सरकार द्दारा नि:शुल्क तालिम त भन्नू भयो, के हुन्छ यस्मा ?
यो चाहिँ सरकारको लगानीमा जो गरिब, दुखी, असाय, पिछडिएका बर्गहरुलाइ लक्ष्यित गरि दिएको होटेल सम्बन्धि तालिम हो । जसमा प्रशिक्षार्थीहरुको बिना लगानी होटेल सम्बन्धी ३ महिना तालिम सिक्न पाउँछन् ।

० काभ्रेमा मात्र हो कि अन्त पनि छ, यस्तो तालिम ?
अन्त पनि छ भन्ने सुनेको हो तर, मलाइ काभ्रेमा मात्र थाहा छ ।

० प्रेम के हो ?
प्रेम अमुल्य र अदृश्य चिज हो । जुन पशुपन्छि र जिवजनावर समेतले सम्झन्छन वुझ्छन र स्विकार्छन । वाकि मानवको लागि त अपरिहार्य र जीवन जिउन अावस्यक कुरा हो ।

० राम्रो हुनु हुन्छ ? प्रेम प्रस्ताव आउदैन ?
आउन त आउँछ तर, मन मिल्ने, मनले खाने भेटीएको छैन ।

० दशै आउदै छ, के गर्ने योजना छ ?
सर्बप्रथम त नेपाली दाजुभाइ, दिदीबहिनी, आन्फन्तजन, इस्टमित्र लगाएत सम्पुर्णलाई बिजयदशमीको शुभकामना छ । धेरै भयो दशै मनाउन न पाको यसपाली चाही , घरपरिवारबाट र आफन्तजनहरु संग बसेर रमाइलो गर्ने सोच छ ।

० समाजसेबी हुनुहुन्छ, प्रेरणा कस्ले दिनु भो ?
सानै देखि समाजको लागि केही गर्न पर्छ भन्ने सोच थियो, साथमा घरपरिवार बाट पनि प्रेरणा पाइयो र साथीभाइ बाट सहयोग पाइएर समाजसेबी गर्न सकियो तर प्रेरणा घरबाट नै पाइयो ।

० अत्यमा के भन्न चाहानु हुन्छ ?
देश हामिले बनाउने हो लागि परेर काम गरौँ । अहिलेका युवा मिलेर नै देशको बिकास गर्न पर्छ भन्न चाहान्छु र आफ्नो पारीवारिक अवस्था हेरेर दशै मनाउनु होला । अर्काको देखासिखी गरेर दशै नमनाउनु होला, मेरो मनको कुरा पोख दिनु भएकोमा बेथानाचोक खबर परिवार र तपाई सुरज श्रेष्ठलाई बिशेष धन्यवाद दिन चाहान्छु ।


तपाईको प्रतिक्रिया