काठमाडौं । गायिका सम्झना मोक्तान तामाङले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । गुरुमा फिल्म्स प्रालिको प्रस्तुतिमा रहेको गीत गायिका सम्झनाले युट्युबमार्फत सार्वजनिक गरेकी हुन् ।

‘आकाशैको तारा गनेर’ बोलका लोकदोहोरी गीतको म्युजिक भिडियोमा उनलाई गायक भीम तामाङले साथ दिएका छन् । गीतको रचना र संगीत दुबै सम्झनाको रहेको छ । भगीरथ गहामगरको निर्देशनमा बनेको भिडियोमा सविन गौतम र प्रियंका श्रेष्ठको अभिनय रहेको छ । म्युजिक भिडियो सुरेश श्रेष्ठले छायाँकन गरेका हुन् भने सुधन बस्नेतले सम्पादन गरेका हुन् ।

हेर्नुस भिडियो : 


तपाईको प्रतिक्रिया