काभ्रेपलान्चोक / काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले सरकारी गाडीको दुरुपयोग गरेका छन् ।

उनले घरायसी प्रयोजन देखि नर्सरी, पाते सल्लो ओसारपसार गर्नका लागि सरकारी गाडीको प्रयोग गरेका छन् । वडा नम्बर ७ पात्नेखोलामा मोटरबाटो निर्माणको अनुगमनको क्रममा फर्केका बेला बा १ झ ४७२२ नम्बरको गाडीमा बेथानचोक गाउँपालिकाको कर्मचारी र नर्सरीका लागि पाते सल्ला ओसारेर ल्याएपछि स्थानीयहरुले बिरोध गरेका हुन् । गाउँपालिका अध्यक्षले घरायसी काम देखि नर्सरीका लागि पाते सल्लो असारपसारमा प्रयोग गरेको भन्दै ब्यापक आलोचना समेत भएको स्थानीयहरु बताउँछन् ।

पटक–पटक गाउँपालिका अध्यक्षले साविक ढुंखर्क वडा नम्बर ७ पाटनेखोला देखि नर्सरीसम्म दुवानी गरेको छ हामीले बोल्दा उल्टै झापार्ने र थर्कोउने गरेको छ एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा भने । साबिक ढुंखर्कमा गाउँपालिका अध्यक्ष तिमल्सिनाले विगत ६ वर्ष अघि देखि पाते सल्लोको नर्सरी सञ्चालन गर्दै आइरहेको स्थानीयहरुले जानकारी दिए । यो पाते सल्लो औषधीको रुपमा प्रयोग गरिन्छ ।

यस विषयमा जानकारी लिन खोज्दा गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमिल्सनाले वडा नम्बर ७ मा मोटरबाटो निर्माणको अनुगमन गरी फर्केको बताए । उनले गाडीमा पाते सल्लो ओसारेको स्वीकार्दै भने – ‘गाउँका साथी भाइलाई मसला नै भयो । अनुगमनको क्रममा फर्किँदा रमण तिमिल्सना भाइको बारीको डिलमा रहेको पाते सल्लो गाडीमा हालेर ल्याएको हो । मैले विगत ६, ७ वर्ष भयो साबिक ढुंखर्कमा नर्सरी राखेको छु । दुरुपयोग गरेको भन्ने मलाई लाग्दैन।’ बजेट बिनियोजनमा अपारदर्शीको आरोप खेपिरहेका अध्यक्ष आफैँ चढेको गाडीमा पाते सल्लो ढुवानी गरेको भेटिएपछि स्थानीयहरु आक्रोशित भएका हुन् ।


तपाईको प्रतिक्रिया